PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोनाको हटस्पट प्रदेश २ : सिरहा बाहेक ७ वटा जिल्लामा देखियो संक्रमण, भारतमा रेल सेवा खुलेसँगै बढ्यो खतरा



सुमित मिश्र

कोरोनाको हटस्पट प्रदेश २ : सिरहा बाहेक ७ वटा जिल्लामा देखियो संक्रमण, भारतमा रेल सेवा खुलेसँगै बढ्यो खतरा

जनकपुरधाम : कोरोना भाइरसको 'हटस्पट' बन्दै छ प्रदेश २। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा हालसम्म ९५ जनामा भाइरसबाट संक्रमित भइसकेका छन्। 

प्रदेश २ काे सिरहाबाहेक ७ वटै जिल्लामा काेराना संक्रमण देखिएको छ। 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ पर्सा जिल्ला।  यहाँ ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितहरुको संख्या बढेसँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेकोले संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।  

यस्तै, बारामा ३ र  रौटहटमा ३ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सप्तरीमा १ र सर्लाहीमा २ जना कोरोना संक्रमित रहेका छन्।  

मंगलवार थप दुई नयाँ जिल्लामा भाइरसको संक्रमण देखियो। धनुषामा २ र महोत्तरीमा २ जनामा भाइरसको संक्रमण देखिएको हो। 

पछिल्लो पटक तराईका जिल्लाहरुमा संक्रमणको उच्च जोखिममा देखिएका छन् भने प्रदेश २ काेरानाकाे हटस्पटकाे रूपमा कायम भएकाे देखिएकाे छ। 

हाल संक्रमण देखिएका धेरैजसो भारतबाट आएको पाइएको छ। भारतले रेल सेवा शुरु गरेको कारण प्रदेश २ मा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रदेश २  का आठ जिल्लाको  ४२८ किलोमिटर दक्षिणी भेग भारतीय सिमासंग जाेडिएकाे  छ। भारतबाट नेपाल प्रवेश गर्न हाल प्रतिबन्ध लगाइएपनि लुकेर नेपाल आउने क्रम रोकिएको छैन। पछिलल्लो पटक लकडाउनकाबीच नेपाल आएकाहरुमा समेत संक्रमण देखिन थालेको छ। रेल खुलेसँगै धेरै संख्यामा भारतमा रहेका नेपालीहरु स्वदेश फर्कन सीमामा पुग्न सक्ने खतरा बढ्दै गएको छ। त्यसैले सीमामा थप सतर्कता अपनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell