PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना संक्रमित बढेसँगै धनुषामा सुरक्षा व्यवस्थापन कडा, निषेधाज्ञाको तयारी



सुमित मिश्र

कोरोना संक्रमित बढेसँगै धनुषामा सुरक्षा व्यवस्थापन कडा, निषेधाज्ञाको तयारी

जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै धनुषामा सुरक्षा व्यवस्था कडा गरिएको छ साथै निषेधाज्ञाको तयारी भइरहेको छ।

मंगलवार मात्रै धनुषाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको तीन स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर उक्त क्षेत्रमा आपरिचि व्यक्तिलाई आवतजावतमा रोक लगाइएको छ। साथै कन्ट्याक ट्रेसिङको काम पनि तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्किले बताए। भने,'अहिले हामी घर सिल गरिरहेका छौं। उहाँहरुसँग सम्पर्कमा को को आउनु भएको खोज्दै छौं,’ प्रवक्ता कार्कीले भने।

धनुषाको जनपुरधाम उपमहानगरपलिका वडा नम्बर ४ बस्ने ४० वर्षीय पुरुष, त्यस्तै महोत्तरीको महोत्तरी गाँउपालिका वडा नम्बर ३ का ३५ वर्षीय पुरुष र मिथिला नगपालिका वडा नम्बर १० लालगढ कि २० वर्षीया युवतिमा संक्रमण देखिएको हो।

संक्रमण देखिएका ४० वर्षीय पुरुष जनकपुरका एक टेलिभिजनका प्रस्तोता रहेको खुलेको छ। त्यस्तै महोत्तरीका ३५ वर्षीय पुरुष पुस्तक व्यवसायि रहेका छन्। यी दुईको दैनिक भेटघाट र गफगाफ हुने गरेका खुलेको छ। तर, उनीहरुलाई कहाँबाट, कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन।

मिथिला नगपालिकाकी २० वर्षीया युवती भने दुई महिना अघि भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दै आएका थिइन्।

सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्य ठाँउबाट धनुषा जिल्लमा आवत जावतमा रोक लगाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए। उनका अनुसार यतिबेला जिल्ला प्रशासन कार्यालय धनुषामा सुरक्षा निकायका प्रमुखहरुको बैठक बसिएको छ। त्यस्तै धनुषा जिल्लामा  निषेधाज्ञाको तयारी भइरको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell