PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ उच्चस्तरीय बैठकको निर्णय : लकडाउन थप प्रभावकारी बनाउने, सीमापारि रहेकालाई ल्याउन क्वारेन्टाइन विस्तार गर्ने



सुमित मिश्र

प्रदेश २ उच्चस्तरीय बैठकको निर्णय : लकडाउन थप प्रभावकारी बनाउने, सीमापारि रहेकालाई ल्याउन क्वारेन्टाइन विस्तार गर्ने

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सीमामा थप कडाइ गर्ने, सीमाबाट हुने ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचारप्रसारलाई तीव्र बनाउनेलगायतका निर्णय गरेको हो।

बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई दिन संघ सरकारलाई आग्रह गर्ने र उनीहरुलाई स्वदेश ल्याउनु पर्ने अवस्थाका लागि प्रत्येक जिल्लामा थप तीन/तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले बताए। त्यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघ सरकारसंग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ।

बैठकमा प्रदेश २ का प्रमुख सचिव अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell