PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषाको शहीदनगर नगरपालिकाले गर्‍यो लकडाउनमा कडाइ, स्वास्थ्य बाहेक सबै सेवा बन्द



सुमित मिश्र

धनुषाको शहीदनगर नगरपालिकाले गर्‍यो लकडाउनमा कडाइ, स्वास्थ्य बाहेक सबै सेवा बन्द

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोनाको संक्रमण बढ्दै गएपछि धनुषाको शहीदनगर नगरपालिकाले लकडाउनमा कडाइ गरेको छ। कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।

नगरप्रमुख उदयकुमार बरबरियाले एक विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिमबाट बाच्नका लागि कडाइका साथ लकडाउनको पालना गर्नुपर्ने अति आवश्यक भएकाले नगरपालिकाका स्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्यालय बिहीवारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरिएको जानकारी गराएका छन्। नगरप्रमुख बरबरियाले संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै घरबाट ननिस्किएर कोराना महामारीविरुद्ध लड्नको लागि सहयोग गर्न आग्रह गरेका छन्।

मेयर बरबरियाले भने, ‘नेपालमा सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् र धनुषा जिल्लासम्म कोराना आइसकेकोले अब आमजनता आ–अफ्नो ठाँउबाट आफैँ सचेत नभए स्थिति भयावह हुन सक्छ। त्यसैले अब अत्यावश्यक कामबाहेक घरबाट निस्किने काम बन्द गर्नुहोस्।’

हाल प्रदेश २ मा ९५ जना संक्रमित छन् भने धनुषामा २ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell