PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ट्रकको ठक्करबाट नर्सको मृत्यु : चार वर्षीया छोरी र दुई वर्षीय छोरा घाइते



सुमित मिश्र

ट्रकको ठक्करबाट नर्सको मृत्यु : चार वर्षीया छोरी र दुई वर्षीय छोरा घाइते

जनकपुरधाम: धनुषाको पुष्पलपुरमा ट्रकको ठक्करबाट एक जना नर्सको मृत्यु भएको छ।  बिहीवार मिथिला नगरपालिका वडा ४ स्थित पुष्पवलपुरको स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीय स्टाफ नर्स चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो।

ठक्कर लागेर घाइते भएकी चन्द्ररेखाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए। दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ गईरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा५२प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चोकमा ठक्कर दिएको थियो। दुर्घटनामा परी तीन जना घाईते भएका छन्।

ट्रकको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका जमुनिया बस्ने २० वर्षीय मोटरसाइकल चालक सिदार्थ यादव,  मृतक चन्द्ररेखाको ४ बर्षीय छोरी माही यादव, नाम नखुलेको उनकै २ बर्षीय छोरा घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। यता ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell