PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

चीनसँग सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी



चीनसँग सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Photo : Reuters/Jonathan Ernst

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन्।

चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्।

'हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं'।' राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा भने ' सबै सम्बन्ध तोडियो भने हामीले पाँच सय मिलियन डलर बचाउन सक्छौं'। 

व्यापार युद्धको अवस्थामा पुगिसकेको चीन र अमेरिकाबीच केही महिना अघिमात्रै व्यापार सहजिकरण गर्ने सहमति भएको थियो। तर हाल कोरोनाको महामारीका कारण व्यापार ठप्प रहेको अवस्थामा ट्रम्पले चीनसँगको द्वीपक्षिय व्यापारमा अमेरीके बेहोर्नु परेको ठूलो घाटा तर्फ लक्षित गर्दै सम्बन्ध तोड्ने चेतावन दिएका हुन्।

अमेरीकाको केही राज्यबाट पछिल्लो केही समयबाट भाइरसलाई लिएर चीनले  क्षतिपुर्ति दिनुपर्ने, महामारीको पहिलो जानकारी लुकाएको आरोप चीनमाथि लगाउँदै आएको छ।

अमेरिकाका राजनीतिक विश्लेषकहरुले भने यही वर्ष हुने तय भएको राष्ट्रपति निर्वाचनको रणनीतिको रपमा ट्रम्पको चीन बिरोधी भनाइहरु आएको हुनसक्ने दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell