PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बुन्डेसलिगा भोलिबाट सुरु, टुथपेस्ट किन्न निस्किएपछि प्रशिक्षक हेरलिच निलम्बित



बुन्डेसलिगा भोलिबाट सुरु, टुथपेस्ट किन्न निस्किएपछि प्रशिक्षक हेरलिच निलम्बित

कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व प्रभावित छ। खेलकुदको कुरा गर्दा फुटबलका शीर्ष लिग, ओलम्पिक लगायतका ठूला खेल गतिविधिहरु प्रभावित छन्।

तर, पछिल्लो समय विभिन्न मापदण्ड बनाएर खेल जारी राख्न पनि देशहरु सक्रिय छन्। जस्तै दक्षिण कोरिया जहाँ कोरियामा फुटबल लिग चलिरहेको छ।

युरोपको शीर्ष लिगहरुमध्य जर्मन बुन्डेसलिगा फेरि सुरु हुने तयारीमा छ। फ्रेन्च लिगवानमा बाँकी खेल रद्द गराएर पिएसजीलाई उपाधि दिए पनि इटालियन सिरि ए, स्पेनिस ला लिग, इङलिस प्रिमियर लिग लगायत लिग फेरि सञ्चालनमा ल्याउने तयारी चलिरहेको छ।

यी लिगहरुमा सबैभन्दा अघि छ बुन्डेसलिगा। १६ मे बाट बुन्डेसलिगा फेरि शुरु हुँदैछ। तर कोरोना अघि भन्दा अब शुरु हुने लिग धेरै फरक हुनेछ। त्यहाँ हरेक क्रियाकलाबका लागि मापदन्डहरु तोकिएका छन्। त्यही मापदन्ड र कडाइका बीच बुन्डेसलिग शुरु हुँदैछ। युरोपमा स्थगित भएर सुरु हुन लागेको बुन्डेसलिगा हेर्न समर्थक स्टेडियम जान भने पाउने छैनन्।

अग्सबर्गका प्रशिक्षक हेरचिल निलम्बित

बुन्डेसलिगाको क्लब अग्सबर्गका प्रशिक्षक हेरचिल क्वारेन्टाइनको नियम तोडेको भन्दै निलम्बनमा परेका छन्। उनले टिमलाई होटलमा छाडेर टुथपेस्ट किन्न बाहिर गएसँगै क्वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै उनलाई निलम्बित गरिएको हो।

'मैले होटल छाडेर गल्ती गरेको थिएँ,' उनले एक स्टेटमेन्टमा भनेका छन्।

प्रतिक्षा पहिलो खेलको

जर्मन क्लब बेरुसिया डर्टमन्डका मिडफिल्डर जुलियन ब्रान्टले शनिवारको शाल्केसँगको खेलमा सामान्य परिस्थितिमा जस्तो दवाब नहुने बताएका छन्। उनले टिम ऐतिहासिक खेलका लागि तयार रहेको बताएका छन्।

अर्कोतर्फ इटालियन सिरि ए पनि १३ जुनबाट शुरु गर्ने तयारी चलिरहेको छ। यद्यपि यसबारे आधिकारीक निर्णय भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell