PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पर्सामा अस्पतालबाट कोरोना संक्रमित भागे प्रहरीले गोली प्रहार गर्न सक्ने



पर्सामा अस्पतालबाट कोरोना संक्रमित भागे प्रहरीले गोली प्रहार गर्न सक्ने

वीरगंज : पर्सामा कोरोना भाइरस संक्रमित भइ आईसोलेसन वार्डमा रहेका वा संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्ति भाग्ने प्रयास गरेमा सुरक्षाकर्मीले उनीहरुमाथि गोली प्रहार गर्न सक्नेछन्।

केहीदिन अघि कोरोना संक्रमित अस्पतालबाट भागेको घटना सार्वजनिक भएपछि जिल्ला सुरक्षा समितिको बिहीवार बसेको बैठकले सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता ललित बस्नेतले जानकारी दिए।

उनका अनुसार क्राइसिस म्यानेजमेन्ट कमिटिमा सुरक्षा अधिकारीको प्रस्तावमा यस्तो निर्णय भएको हो।

केहीदिन अघि नारायणी अस्पतालको आईसोलेसन वार्डबाट दुई जना संक्रमित झ्याल फोडेर फरार भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको सुरक्षाकर्मीको संयुक्त प्रयासमा भागेको ५ घण्टापछि पर्साकै ग्रामिण भेगका तिलावे पुल र हरिहरपुरविर्ताबाट पुनः पक्राउ गरी नारायणी अस्पतालमा ल्याइएको थियो।

त्यसैगरी,क्राइसेस म्यानेजमेन्ट कमिटिले नारायणी अस्पतालमा बेड अभाव भएपछि वीरगंज पावरहाउस नजिक सिद्धार्थ माध्यमिक विद्यालयलाई क्वारेन्टाइनबाट सेमिआईसोलेसन वार्डमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी लकडाउनको अवधिमा जारी भएका ई–पास खारेन गरिनुका साथै वीरगंज भन्सार नाका,आईसिपी र सुख्खा बन्दरगाह नाकाबाट आयात निर्यात सहज बनाउन भन्सार कार्यालयलाई सरोकारवाला निकायका व्यक्तिलाई पास जारी गर्ने अधिकार दिइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell