PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोनासँगको लडाइँमा शाहरुखको अर्को कदम, स्वास्थ्यकर्मीलाई सहयोग



कोरोनासँगको लडाइँमा शाहरुखको अर्को कदम, स्वास्थ्यकर्मीलाई सहयोग

कोरोना भाइरसको संक्रमण चलिरहँदा बलिउड अभिनेता तथा अभिनेतृहरु सहयोगका लागि जुटेका छन्। यस शाहरुख खान पनि अगाडि छन्।

शाहरुख आफ्नो संस्था मीर फाउन्डेसनको माध्यमबाट सहयोग गर्ने बताएका छन्।

'आउनुहोस कोरोना भाइरससँगको लडाइँमा नेतृत्व गरिरहेका बहादुर स्वास्थ्य अधिकारी र चिकित्सकहरुको लागि पिपिइ सहयोग गरेर समर्थन गर्न सक्छौं,' उनले लेखेका छन्, 'थोरै मद्दतले धेरै काम हुन सक्छ।'

शाहरुखले मीर फाउन्डेसनको लिंक पनि शेयर गरेका छन् जसमा पिपिइ किट उपलब्ध गराउनका लागि सहकार्य गर्ने उल्लेख छ।

'मीर फाउन्डेसन फ्रन्टलाइनमा लडिरहेका स्वास्थ्य शैनिकहरुको सुरक्षाका लागि कार्यरत छ। अब तपाइँहरु पनि हाम्रो कार्यक्रमको हिस्सा बन्न सक्नुहुनेछ।' फाउन्डेसनले लेखेको छ।

शाहरुखले यसअघि पनि पिएम केयर फन्ड र महाराष्ट्र मुख्यमन्त्री फन्डमा पनि सहयोग गरेको थियो। यसबाहेक उनले २५ हजार पिपिइ किट्स पनि सहयोग गरेका थिए। त्यस्तै उनकी पत्नी गौरी खानले पनि पीडितलाई खाना खुवाउनेमा सक्रिय थिइन्।

उनको सक्रियतालाई लिएर विश्व स्वास्थ्य संगठनले पनि धन्यवाद दिएको थियो।

डब्लुएचओको माहानिर्देशक टेड्रोसले ट्वीट गर्दै डब्लुएचओ र ग्लोबल सिटिजनको साथ एकजुटता देखाएकोमा धन्यवाद दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell