PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नर्समा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु अस्पतालमा सय जनाको स्वाब संकलन



नर्समा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु अस्पतालमा सय जनाको स्वाब संकलन

काठमाडौं : कपिलवस्तु जिल्ला अस्पतालमा करिब एक सय जनाको स्वाब संकलन गरिएको छ। मंगलवार अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अरुहरुको स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेले बताए।

अस्पतालकी स्टाफ नर्सका रुपमा कार्यरत महिलाको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गरिएको हो। स्वाब संकलन गरिएकाहरुमा अस्पतालका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, सुरक्षाकर्मी, विरामीहरुको रहेका छन्।

त्यस्तै अस्पताल खाजाघर संलाचक र संक्रमितको परिवारका पाँच जनाको पनि स्वाव संकलन गरिएको छ। संकलित स्वाव परीक्षणका लागि भैरवहा पठाउने तयारी भइरहेको बञ्जाडेले जानकारी दिए।

'यो पहिलो कन्ट्राक्ट ट्रेसिङ हो' बञ्जाडेले भने 'यसको रिपोर्ट आएपछि हामी दोस्रो र तेस्रो कन्ट्राक्ट ट्रेसिङ गर्नेछौं'।'

नर्समा संक्रमण देखिएपछि मंगलवारदेखि नै अस्पतालमा इमर्जेन्सी र प्रसुतीसेवा बाहेकका सबै सेवा बन्द गरिएको छ। हाल संकलन गरिएको स्वाब रिपोर्ट नआएसम्म अन्यसेवाहरु बन्द नै रहनेछन्।

संक्रमित नर्सलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए।

बैशाख २७ गते शनिवार उनको थ्रोट स्वाब संकलन गरिएको थियो। नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पतालले कन्ट्र्याक ट्रेसिङ कार्य सुरु गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell