PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानाध्यापकले विद्यार्थीलाई किताब बाँड्दा नगरपालिकाको आलोचना



सुमित मिश्र

प्रधानाध्यापकले विद्यार्थीलाई किताब बाँड्दा नगरपालिकाको आलोचना

जनकपुरधाम: सिंगो देश लकडाउनमा छ। त्यसमाथि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धनुषामा थप कडाइ भएको छ।

तर धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा एक विद्यालका प्रधानाध्यापकका लापरबाहीका कारण सम्पूर्ण नगरपालिका नै बदनाम हुन पुगेको छ। सहिदनगरको वडा ८ को एक विद्दालयमा शुक्रवार फरक दृश्य देखियो। विद्यार्थी विद्यालयमा पोशाक लगाएर हिँडिरहेका थिए, विद्यालय पनि खुलेको थियो। विद्यालय परिसरमा भेला भएका बालबालिकामध्ये धेरैले मास्क लगाएका थिएनन्। अनि पुस्तक बाँडिदै थियो। पुस्तक बाँडिएको तस्बिर समाजिक संजालमा भाइरल हुँदा नगरपालिकाको आलोचना भयो।

यथार्थ यस्तो

धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव) ले नगरभित्रको बालबालिकाहरुको लागि जेठको पहिलो सातामै पाठ्यपुस्तकको व्यवस्था गरिदिएका छन्।

कोरोनाको महामारीमा विद्यालय बन्द तथा निरन्तर लकडाउनका कारण विद्यालयसम्म पुग्ने कुनै तुक नभएपछि घरमै स्वअध्ययनका लागि अभिभावकको माध्यमले बालबालिकालाई किताब वितरण गर्न निर्देशन दिएका हुन्। पहिलोपोस्टसँग कुराकानी गर्दै मेयर बरबरियाले भने “लकडाउनका कारण घर बाहिर निस्कनसमेत नपाएका बालबालिकाहरुले लकडाउनको पालना गर्दै उनीहरुले अध्ययन अध्ययापनप्रति केन्द्रीत गर्ने उदेश्यले जेठको पहिलो सातामै अभिभावकको माध्यमले विद्यार्थी माझ किताब पुर्‍याइदिएको हो।”

लकडाउनमा व्यस्त बनाउन यो तरिका अपनाइएको उनले मेयरले बताए। “लकडाउनको कारण सरकारको भर्ना अभियान मात्र प्रभावित भएको छ नी, भर्ना अभियान बाल विकास वा कक्षा १ तर्फ गर्ने हो। तर, कक्षा २ देखि लिएर माथिका विद्यार्थीहरुले त परीक्षा सम्पन्न गरिसकेको छ। उनीहरुको त स्तरवृद्धि गरिसकेको छ। निरन्तर लकडाउन चल्यो भने ध्यान अन्त्यै जान सक्छ। उनीहरुलाई व्यस्त पार्नको लागि यो तरिका अपनाइएको छ,” उनले भने। किताब लिन आउने विद्यार्थीका अभिभावकलाई मेयर, सम्बन्धित विद्यालयको हेडमास्टर, वडाध्यक्षको नम्बर, शिक्षा शाखाको नम्बरसमेत दिने गरेको बताउँदै विद्यार्थीहरुको सहजताको लागि जति बेला पनि समन्वय गर्न सकिने बताए।

नगरभित्र रहेको ३४ वटै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकलाई विद्यालयमै बोलाएर आ आफना बालबालिकाहरुको लागि किताब लग्न आग्रह गरिएको नगर शिक्षा समितिका स्रोत व्यक्ति धनेश्वर यादवले जानकारी दिए।

यादवका अनुसार, बन्दाबन्दीका कारण गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुसाथ बनाइएको शैक्षिक क्यालेन्डरसमेत प्रयोग विहिन भएको जनाउँदै शहिदनगर नगरपालिकामा गुणस्तरीय शिक्षाको लागि अथक प्रयासरत रहेको बताए।

उनले ३२ वटै विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मको विद्यार्थीहरुको लागि ३ ट्रक किताब ढुवानी गरी विद्यार्थीको अभिावकमार्फत वितरण गरिएको बताए। तर विद्यालयमा विद्यार्थीको भने विद्यालयको सानो लापरबाहीका कारण भएको उनको भनाई थियो तर यसमा नगरपालिकाको कुनै गल्ती नरहेको यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell