PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेनाले ल्यायो चीनबाट स्वास्थ्य सामाग्री

सेनाले ल्यायो चीनबाट स्वास्थ्य सामाग्री


काठमाडौं : सेनाले चीनबाट कोभिड १९ नियन्त्रण र रोक्थामका लागि आवश्यक पर्ने सामाग्रीहरु ल्याएको छ। आज चीनबाट सेनाले डिस्पोजेबल गाउन र डिस्पोजेबल प्रोटेक्टिभ इक्युप्मेन्ट खरिद गरी ल्याएको हो।

चीनको ग्वान्जाउबाट तातोपानी नाका हुँदै पहिलो चरणमा सामाग्रीहरु ल्याइएको सेनाले जनाएको छ। 

१० कन्टेनरलाई शुक्रवार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो। किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी शनिवार अपराह्न भन्सार यार्डबाट ती ट्रकहरुलाई राजधानी ल्याइएको हो।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरस नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेपछि नेपाल सरकारले जीटुजी प्रक्रियामार्फत नेपाली सेनाले उक्त सामग्री खरिद गर्न अधिकार दिएको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell