PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना कहरमै फर्कियो बुन्डेसलिगा: डर्टमन्डको शाल्केमाथि सहज जित



कोरोना कहरमै फर्कियो बुन्डेसलिगा: डर्टमन्डको शाल्केमाथि सहज जित

जर्मन लिग बुन्डेसलिगा कोरोनाको महामारीले फुटबललाई प्रभावित पारेयता शुरु हुने पहिलो युरोपियन लिग बनेको छ।

आजबाट कडा नियमहरुका बीच लिगका खेलहरु सुचारु भएसँगै युरोपको शीर्ष लिगहरुमा बुन्डेसलिगा कोरोनाले प्रभावित बनेर सुरु हुने पहिलो लिग बनेको हो।

आज भएको खेलमा बेरुसिया डर्टमन्डले शाल्केमाथि ४-० को सहज जित निकाल्यो। घरेलु टोली डर्टमन्डले फराकिलो जित निकाल्दा राफेल ग्येरेइरोले २ गोल गर्दा अर्लिङ हल्यान्ड र थोर्गन हजार्डले १/१ गोल गरे।

त्यस्तै अर्को खेलमा लेइप्जिगले फ्रेइबर्गसँग १-१ को बराबरी खेल्यो। खेलको ३४ औं मिनेटमा म्यानुअल गुल्डेको गोलसँगै अग्रता लिएको फ्रेइबर्गले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा लेइप्जिगका लागि युसुफ पाउल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यस्तै डुसेलडोर्फ र पडेरबर्नले गोलरहित बराबरी खेल्दा अग्सबर्गले वुल्फ्सबर्गसँग २-१ को पराजय भोग्यो। त्यस्तै होफेनहेइम हेर्थासँग ३-० ले पराजित भयो।

आजको जितसँगै डर्टमन्डले २६ खेलबाट ५४ अंक जोड्दै शीर्षस्थानको ब्रायनसँग अंकदुरी घटाएको छ। ब्रायनले २५ खेलमा ५५ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै लेइप्जिग ५१ अंकसहित तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell