PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनकपुरको सुनचाँदी पसलमा लाखौँको गरगहना चोरी



सुमित मिश्र

जनकपुरको सुनचाँदी पसलमा लाखौँको गरगहना चोरी

जनकपुरधाम : लकडाउनको मौका छोपी जनकपुरको एक सुनचाँदी पसलमा चोरी भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट लाखौ मूल्य बराबरको गरगहना तथा रुपैँया चोरी भएको हो।

छतको भेन्टिलेसन फोडेर गरगहना र पसलमा रहेको नगद चोरी भएको प्रहरीले जनाएको छ।

शनिवार दिउँसो छतको भेन्टिलेटर फुटेको देखेपछि पसल संचालक साहले प्रहरीलाई खबर गरेका थिए।

सानो आकारको भेन्टिलेसनमा बच्चा मात्रै प्रवेश गर्नसक्ने देखिएकाले बच्चाको प्रयोग गरेर चोरी गरिएको आशंका गरिएको छ।

प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाइसकेका छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell