PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषाका संक्रमितले झुठो विवरण दिएपछि समस्या, चितवन हैन मुम्बईबाट आएको खुल्यो, खाना खाएको ठाउँ पनि जोखिममा



सुमित मिश्र

धनुषाका संक्रमितले झुठो विवरण दिएपछि समस्या, चितवन हैन मुम्बईबाट आएको खुल्यो, खाना खाएको ठाउँ पनि जोखिममा

जनकपुरधाम: शनिबार राति संक्रमण देखिएका धनुषाका दुई जना ब्यक्ति मुम्बईबाट आएको खुलेको छ।

धनुषाको नगराइन नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई आफू वैशाख ९ गते चितवनबाट आएको भन्दै झूठो विवरण दिएका थिए। संक्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास गाउँका हुन्।

क्वारेन्टाइनका संयोजक संतोष ठाकुरका अनुसार उनीहरूलाई पटक पटक सोधपुछ गर्दा झूठो विवरण दिएका थिए। तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति नै सम्पर्कमा आएपछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको हो।

मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए। उनीहरु आउने क्रममा धनुषाको बेला भन्ने गाउँमा खानासमेत खाएको कुरा खुलेको ठाकुरले बताए। उनीहरुले खाना खाएको ठाउँ पनि जोखिममा परेको छ।

संक्रमितहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालमा पठाई सकिएको ठाकुरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell