PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धनुषामा कोरोना संक्रमित पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन



सुमित मिश्र

धनुषामा कोरोना संक्रमित पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन

जनकपुरधाम : धनुषामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको छ। गत बिहीवार धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा कोरोना संक्रमण भेटिएका पत्रकार र व्यवसायीको सम्पर्कमा आएका उनीहरुको कन्ट्याक्ट ट्रेसिङमार्फत खोजी गरी स्वाब संकलन गरिएको हो।

पत्रकारमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा ३० जनाको खोजी गरी स्वाब परीक्षण गरिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए। नेपाल पत्रकार महासंघ धनुषा र नेपाली सेना महेन्द्रनगर रणभीम गणको संयुक्त पहलमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्याक्ट ट्रेसिङबाट ३० जनाको स्वाब परीक्षण गरेको हो।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकारको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell