PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लिम्पियाधुरासहितको नक्सा पारित हुनु मोदी सरकारलाई ओली सरकारको काउन्टर, अब भारत वार्तामा आउँछ : सीमाविद् श्रेष्ठ



लिम्पियाधुरासहितको नक्सा पारित हुनु मोदी सरकारलाई ओली सरकारको काउन्टर, अब भारत वार्तामा आउँछ : सीमाविद् श्रेष्ठ

काठमाडौं : सोमाबार सरकारले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा पारित गर्‍यो। भारतले आफ्नो राजनीतिक नक्सामा राखेको नेपाली भूभाग सहितको नक्सा सरकारले छिट्टै जारी गर्ने बताइएको छ। सरकारले नयाँ नक्सालाई पारित गर्नुलाई धेरैले एतिहासिक कदम भनेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने नयाँ नक्सा पारित गर्नुलाई भारतको नरेन्द्र मोदी सरकारलाई केपी र्शमा आली सरकारको काउन्टरको रुपमा व्याख्या गर्छन्।   

नापी विभागका पुर्व महानिर्देशक समेत रहेका श्रेष्ठ नेपालले नक्सा जारी गर्नु भनेकै भारतले मिचेको सीमा नेपालले आधिकारिक रुपमा नै आफ्नो भएको दाबी गर्नु हो।

'यसको अर्थ के हो भने सरकारले प्रमाण सहित लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनेर दाबी गरेको छ। मिचिएको भूभाग नेपालको हो भनेर नक्सा पारित हुनुले ठुलो अर्थ राख्छ,'उनले भने

नेपालको यो कदमले भारतलाई ठुलो दबाब ‍पर्ने भन्दै श्रेष्ठ अब कुटनीतिक पहल राम्ररी अघि बढे नेपालको सीमा फर्काउन सफल हुने बताउँछन्।

भारतले कोरोना महामारी अन्त्यपछि मात्रै कुटनीतिक वार्ता गर्ने भनेको कुरालाई लक्षित गर्दै उनले भने, 'भारत अब बाध्य भएर वार्ताको टेबुलमा आउनेछ। सरकारले लिम्पियाधुरा सहितको नयाँ नक्सा पहिला नै तयार गरेपनि भारत वार्तामा आउने आशाले जारी नगरिएको थियो।'

नेपालले नयाँ नक्सा पारित गरेर प्रकाशित गरेपछि भारतले कुटनीतिक नोट जारीगर्न सक्ने भन्दै उनले उक्त नोटको जवाफ प्रमाण सहित फर्काउन नेपाल सरकार तयार हुनुपर्ने श्रेष्ठ बताउँछन्।

मन्त्रीपरिषद्ले नयाँ नक्सा पारित गरेसँगै अब नापी विभागले नक्सा छाप्ने प्रक्रिया अघि बढाउनेछ। त्यसपछि आधिकारिक रुपमा नै उक्त नयाँ नक्सा नेपालभर प्रयोगमा आउने उनले बताए।

श्रेष्ठ सरकारले कोरोनाको महामारीबीच नक्सा जारी गर्ने प्रक्रिया अघि बढाउनुको कारण जनदबाब भएको बताउँछन्। 'नक्सा जारी गरिनुको कारण राजनीतिक र नागरिक दबाब नै हो। यसमा ढिला गर्नु हुदैन थियो,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell