PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कोरोना संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक दूरसञ्चारको बबरमहल शाखा प्रमुखका गाडी चालक



सुमित मिश्र

कोरोना संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक दूरसञ्चारको बबरमहल शाखा प्रमुखका गाडी चालक

जनकपुरधाम : सोमवार कोरोना भाइरसकोे संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक लक्ष्मीनियाँ गाउँपालिका-४ अरेरबाका रहेको पाइएको छ। उनी काठमाडौंको बबरमहल स्थित नेपाल टेलिकम (दूरसञ्चार) शाखाका प्रमुखको गाडी चालक समेत रहेको बताइएको छ।

लक्ष्मीनियाँ गाउँपालिका ४ का वडाध्यक्ष दिलीप यादवका अनुसार संक्रमित युवक होली बिदामा गाउँ आएका थिए। होली सकिएको भोलिपल्ट नै उनी काठमाडौं फर्किएका थिए। उनका परिवारको सदस्यबाट पाएको जानकारी अनुसार संक्रमित युवक काठमाडौंको बबरमहलस्थित दूरसञ्चार शाखामा चौकीदारको रुपमा नियुक्त भएका हुन्।

उनी चालक समेत भएका कारण उनले दूरसञ्चार बबरमहलका प्रमुखको गाडी पनि चलाउदै आएका थिए। उनी २० दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराएको उनका परिवारका एक सदस्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell