PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिबन्ध विरुद्ध उमर अकमलको अपिल



प्रतिबन्ध विरुद्ध उमर अकमलको अपिल

पाकिस्तानी क्रिकेटर उमर अकमलले भ्रष्टाचारको आरोपमा आफूमाथि लगाइएको प्रतिबन्ध विरुद्ध अपिल गरेका छन्।

उमरलाई पाकिस्तान सुपर लिगको क्रममा म्याच फिक्सिङको सम्पर्कमा रहेर पनि बोर्डलाई जानकारी नगराएको आरोपमा पाकिस्तान क्रिकेट बोर्डको अनुशासन समितिले ३ वर्षको प्रतिवन्ध लगाएको थियो। उनले आफूमाथिको निलम्बनको अवधि लामो भएको भन्दै अपिल गरेका हुन्।

इएसपिएनक्रिकइन्फोका अनुसार पिसिबीले उनको अपिलको सुनुवाईका लागि स्वतन्त्र कमिटी गठन गर्नेछ। उनीमाथि बोर्डले अनुशासन सम्बन्धी दुईवटा धाराको उल्लङ्घन गरेको आरोप लगाएको छ।

यसअघि भएका पाकिस्तानी क्रिकेटर मोहम्मद इर्फान, मोहम्मद नवाज तथा बंगलादेशी खेलाडी शकिब अल हसनलगायतको कारवाहीको तुलनामा उनको कारवाही समयका लागि रहेको लामो सङ्केत गर्दै आफूमाथिको प्रतिबन्धविरुद्ध अपिल गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell