PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बंगलादेश र भारतमा अंपुन चक्रवातको असर : १६ जनाको मृत्यु, लाखौंलाई सारियो अस्थायी शिविरमा



बंगलादेश र भारतमा अंपुन चक्रवातको असर : १६ जनाको मृत्यु, लाखौंलाई सारियो अस्थायी शिविरमा
PHOTO : MUNIR UZ ZAMAN/BBC

बंगालको खाडीमा बनेको अंपुन चक्रवातको कारण भारत र बंगलादेशमा करिब १६ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। बुधवार बंगलादेश, भारतको पश्चिम बंगाल र ओडिसामा मा चक्रवात प्रवेश गरेको थियो। ठूलो हावाहुरी र चट्याङ सहित आएको चक्रवातका कारण धेरै क्षेत्र प्रभावति बनेको थियो।

बंगालको खाडीमा विकसित यो चक्रवात यो दशककै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ। १ सय ६५ किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातका कारण कयौं सडकहरु अवरुद्ध भएका छन्। समुद्री तटमा पाँच मिटर भन्दा बढी लहर उठेको बताइएको छ।

पश्चिम बंगालमा चक्रवात प्रभावित क्षेत्रबाट पाँच लाख मानिसलाई अस्थायी शिविरमा स्थानतरण गरिएको छ। कोरोना भाइरसको संक्रमणबीच उद्धारकार्यमा भने समस्या उत्‍पन्न भएको छ। भाइरसको भयमा शिविरमा बस्न जान मानिसहरुले अस्वीकार गरेको बताइएको छ।

बंगलादेशमा करिब ३० लाखमा सुरक्षित स्थानमा स्थानतरण गरिएको छ। यहाँ पनि उद्धारकार्यमा कोरोना संक्रमणका कारण समस्या भएको छ।

यो चक्रवातले नेपालमा अप्रत्‍यक्ष असर गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको प्रदेश १ २ र वाग्मती प्रदेशका केही क्षेत्रमा चक्रवातको कारण स्‍थानीय वायुको प्रभाव रहने जनाइएको छ। चक्रवातका कारण तीन दिनसम्म वर्षा हुन सक्ने र चट्याङ र हावाहुरी आउन सक्ने हुँद सर्तक रहन महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell