PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

लकडाउनमा जुवा : २ लाख नगदसहित ५ जना पक्राउ



सुमित मिश्र

लकडाउनमा जुवा : २ लाख नगदसहित ५ जना पक्राउ

जनकपुरधाम : जनकपुरमा जुवा खेल्दै गरेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेस्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका–७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका-८ का ५५ बर्षीय बिल्टु बरही, सोही उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३५ बर्षीय मोसतकिङ राईन, ४७ वर्षीय जसिन कवाडि र ३४ वर्षीय रमेश साहु रहेको प्रहरीले जनाएको छ। गेस्ट हाउसमा लुकेर जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापामार्दा उनीहरु पक्राउ परेका हुन्।

जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैयाँसहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ। यसबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell