PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानी विमान दुर्घटना : रेस्क्यु अपरेशन जारी



पाकिस्तानी विमान दुर्घटना : रेस्क्यु अपरेशन जारी
पिआएएको विमान दुर्घटनाग्रस्त भएपछि। फोटो : एएफपी

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका हालसम्म ३७ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन्। रेस्क्यु अपरेशन जारी रहेकोले मृतकको संख्या बढ्ने बताइएको छ। 

विमानमा चालक दलसहित करिब ९५ जना सवार रहेको बताइएको छ। विमानमा यात्रा गरिरहेका सबैको मृत्यु भएको खबर आएपनि त्यो पुष्टि नभएको जनाइएको छ। 

कराचीका मेयर वासिम अख्तरले आवसीय वस्तीमा विमान दुर्घटना हुँदा करिब ६ वटा घर ध्वस्त भएको पनि जानकारी दिए।

क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन्।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीको विमान कराचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell