PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

झ्याल फोडेर फरार भए अर्का कोरोना संक्रमित, भाग्न गरेका थिए पटक पटक प्रयास



सुमित मिश्र

झ्याल फोडेर फरार भए अर्का कोरोना संक्रमित, भाग्न गरेका थिए पटक पटक प्रयास

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्।

आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

सर्लाहीका यी संक्रमितको मानसिक स्वास्थ्यमा समस्या रहेको र उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए।

उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उनको हाल खोजी भइरहेको छ।

अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ४० भन्दा धेरै कोरोना संक्रमित उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell