PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धनुषामा क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना सङ्क्रमण



सुमित मिश्र

धनुषामा क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना सङ्क्रमण

जनकपुरधामः सोमवार धनुषामा  सङ्क्रमण पुष्टि भएका तीनजना मध्ये  दुई जना प्रहरी भएको खुलेको छ। सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाका ३१ र ४५ वर्षीय पुरुष भनिएकाहरु नेपाल प्रहरीमा कार्यरत खुलेको हो।

त्यस्तै अर्का ३० वर्षीय नगराईन नगरपालिका ३ फुलगम्माका पुरुष हुन्। उनी जेठ ६ गते दिल्लीबाट आएका थिए। गाउँमा आएपछि उनलाई प्रादेशिक क्वारेन्टाइनमा राखिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका प्रमुख प्रमुख सन्तोष ठाकुरले बताए।

 सङ्क्रमित तीन जनाको जेठ ७ गते स्वाब सङ्कलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो।

सङ्क्रमित दुवै प्रहरी क्वारेनटाइनमा ड्युटी गर्दै आएका थिए। सङ्क्रमितमध्ये एक जना १ जना प्रहरी सहायक निरीक्षक (असई) हुन् भने अर्को जनाको दर्जा खुल्न सकेको छैन। सङ्क्रमित दुवै प्रहरी हाल इलाका प्रहरी कार्यालय फुलगमा मा कार्यरत छन्।

यस अघि प्रादेशिक क्वारेन्टाइन गंगुलीमा लगातार पाँच जना सङ्क्रमित भेटिएपछि उक्त क्वारेन्टाइनलाई नेपाली सेनाले सिल गरेको थियो। धनुषाका १२ जना सङ्क्रमित मध्ये ८ जना सङ्क्रमित प्रादेशिक क्वारेन्टाइन गंगुलीमै परीक्षण गर्दा पाइएको हो।  तीन जना सङ्क्रमितलाई  विशेष अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell