PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना महामारीमा निरोगी बन्न प्रधानमन्त्री ओलीका यस्ता छन् पाँच सुझाव



कोरोना महामारीमा निरोगी बन्न प्रधानमन्त्री ओलीका यस्ता छन् पाँच सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस निरोगी नेपाल निर्माणका लागि ५ कार्य गर्न आग्रह गरेका छन्।

ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै निरोगी नेपाल निर्माण गर्न उपाय अपनाउन सुझाव दिएका हुन्। ओलीले हामीले खाने खाद्यन्नमा औषधीजन्य वस्तु भएको पनि बताए।

उनले महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु आवश्यक रहेको बताए।

हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा त्यसमा औषधीय तत्व रहेको पनि बताए।

यस्तो छ प्रम ओलीको पाँच सुझाव

- पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

- दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र स्वासप्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।

- तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

- चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

- पाँचौं, उच्च मनोबल कायम राखौं। भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell