PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सलह महामारी के हो, अन्नबालीमा यसको आक्रमणबाट कसरी जोगिने?



सलह महामारी के हो, अन्नबालीमा यसको आक्रमणबाट कसरी जोगिने?

  • श्रीनु झा-

कोभिड-१९ को महामारीमा हामी सबैले खेपिरहेको बेला सलहको महामारी हाम्रो ढोकैमा आइपुग्न लागेको छ। ६०% भन्दा बढी जनसंख्या कृषि मा आस्रित भएको मुलुकमा सलहले कतीसम्मको असर ल्याउन सक्छ भनेर हामी कल्पना पनि गर्न सक्दैनौ। कोरोनाले ल्याउन सक्ने भोकमरीको डर सँगै सलहको प्रकोप हाम्रो किसानको लागि पीडादायी बन्न सक्नेछ। खाद्य एवं कृषि संगठन (FAO) का अनुसार सलहको प्रकोपले पृथ्वीको २०% भू-भागलाई असर गर्ने छ भने ६५% भन्दा बढी गरीब  मुलुक बसिन्दाहरुमा खाद्ध असुरक्षा निम्तयाउने छ। यसबाट बाच्न को लागि पूर्व तयारी आवश्यक छ।

सलह के हो?

सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीरा झुण्डमा आक्रमण गर्छ। झुण्डमा रहने यी कीराहरुले सेरोटोनिन नामक हार्मोन आ-आफ्नो मस्तिष्कमा उत्पादन गर्छन जसले यिनीहरुलाई समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामुहिक काम गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमा मात्रै खाने गर्दछन् भने सलह व्यापक जातको बाली र अझै भनौँ बोटबिरुवा पनि खाने गर्दछ।

सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोडजति सलह हुन्छन्। यी झुण्ड प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्। ठाँउ र समयसँगै यी कीराहरू आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ।

सलहको सुरुवात

सन २०१९ को सुरुवात ताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थहालेको थियो भने २०२० जनवरी २९ मा यसलाई राष्ट्रिय आपतकाल घोषणा गरेको थियो। त्यस्तै गरी सलह अहिले भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परी सकेको छ। उत्तर प्रदेशको ३३ जिल्लामध्ये १७ जिल्लामा सलहको आक्रमण देखा परेको छ। नेपालको उत्तर प्रदेशको सबभन्दा नजिकको परेको हुनाले अब हाम्रो देश सलहको चपेटमा पर्न सक्ने सम्भावना बढी छ।

सलहले गर्न सक्ने क्षति:

  • सलह कीरा हाम्रो सबै जसो खेतिबालीलाई आहारा बनाउने गर्छ, पात, फुल, वृद्धि भइरहेको भाग, फल, बिउ, डाँठ, बोक्रा र सिँगै रुख। साधारण भाषा मा भन्नु पर्दा सलहले केही पनि हरियो जीवित वस्तु बाँकी छोड्दैन।
  • एउटा सलहले एक दिनमा आफ्नो शरीरको तौल बराबरको खाद्ध पदार्थ खान्छ भने यसको झुण्डको सानो भाग (१ टन) सलहले एक दिनमा २५०० जना मनिसको खाने खाने गर्छ।
  • सलह जहिले पनि समूह र अत्यधिक मात्रामा हुने भएकोले रोकथाम अत्यन्तै कठिन हुने गर्दछ।
  • भारतको राजस्थानमा मात्रै सलहले यसो आक्रमणको केही दिन मै करिब ५ लाख हेक्टर बराबरको खेत बाली नोक्सान गरेको छ।
  • मानिसमा खासै समस्या नल्याए पनि यसले दम तथा विभिन्न एलर्जी गराउदै आएको ऊल्लेख छ।


सलहसँग किन डराउने?

  • सलहको रोकथाम गर्न कुनै निश्चित र प्रभावमुलक तरिका छैन।
  • सलह अत्यन्तै छिट्टै यात्रा गर्ने भएकोले हाम्रो देशमा यसको संक्रमण जुन सुकै बेला पनि देखिन सक्छ।
  • सलह जहिले पनि समूह र अत्यधिक मात्रामा बालीमा आक्रमण हुने भएकोले रोकथाम अत्यन्तै कठिन हुने गर्दछ।
  • भारतमा सलहको आतंक भइरहदा पनि अहिलेसम्म राष्ट्रिय तथा प्रादेशिक रूपमा कुनै पूर्व तयारी रहेको छैन।
  • वर्षातको मौसममा सलहले आफ्नो प्रजनन् गर्ने र समूहको संख्या बढाउने भएकोले यसको लामो समयसम्म खेत बालीमा रह्न सक्ने हुन्छ।
  • सलह नियन्त्रणको लागि विभिन्न विषादीको अव्यवस्थित  प्रयोगले वातावरणमा अत्यन्तै ठूलो प्रभाव विश्वभर पारिरहेको छ।

सलहको रोकथाम कसरी गर्ने?

यसको रोकथाम त्यति प्रभावकारी नभए पनि कुनै हदसम्म हामीले यसको असर कम गर्न सक्छौँ।

  • सलह संक्रमित क्षेत्रमा आगो लागाउने
  • जालको पासो थाप्ने
  • सलह भगाउन आवाज उत्पादन गर्ने यन्त्रको प्रयोग गर्ने
  • हाँस जस्ता चराहरुले एक दिन मा २०० वटा जति सलह खान सक्ने भएकोले यसको उचित प्रयोग गर्न सकिन्छ।
  • मेटाराह्जियम एनसोपिलाई नामक जैविक विषादी जुन बजारमा सोमस्टार, बायोसाईड, सोमस्टार वा पेसर आदिले सलहलाई करिब ८०% सम्म मारेको तथ्याँक रहेको छ।
  • त्यस्तै गरी मेटासिसटोक रासायनिक विषादीको प्रयोगले पनि सलहको रोकथाम गर्न सकिन्छ।
  • रोकथाम नै गर्न नसकिने सलह कीरालाई अफ्रिका लगयत कतिपय देशहरुमा सलहलाई खाद्धको रुपमा लिने गरिन्छ। हाम्रो परिपेक्षमा यो त्यति सान्दरभिक नहोला तर पनि केही गर्न नसकिने अवस्था यो एउटा राम्रो विकल्प हुनसक्छ।  

-झा कृषि विस्तारमा कृषि तथा पुशविज्ञान विभाग त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर गर्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell