PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषाको जटही नाकामा हिँडेर आएका युवकको मृत्यु, समयमा एम्बुलेन्स नआएको भन्दै नाकामा प्रदर्शन



सुमित मिश्र

धनुषाको जटही नाकामा हिँडेर आएका युवकको मृत्यु, समयमा एम्बुलेन्स नआएको भन्दै नाकामा प्रदर्शन

धनुषा : धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ।

बुधवार बिहान साढे ७ बजे सहिदनगर नगरपालिका घर भएका वीरेन्द्र यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनी भोक भोकै ६ दिनदेखि हिँडेर घर आइरहेको थिए। उनीसहित आएका करिब १ सय ५० जना मानिसलाई भारतीय नम्बर को ट्रकमा राखेर मङ्गलवार बिहान ३ बजेतिर जनही बोर्डरमा छोडेका थिए। उनीहरूलाई बुधवार बिहान सीमा खटिएका सशस्त्र प्रहरीले चाउचाउ र चिउरा खान दिएको थियो।

ती युवकले पनि चाउचाउ चिउरा खाएपछि बान्ता गरेका थिए। उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको हो।

युवकको मृत्यु भएपछि नाकामा तनावग्रस्त भएको छ। भारतको विभिन्न ठाउँबाट आएका दुई सयभन्दा बढी नेपालीले प्रदर्शन गरेका हुन्। युवकले बान्ता गरेपछि समयमा नै एम्बुलेन्स नमगाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell