PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आप्रवासी मजदूरलाई गृह जिल्ला पुर्‍याउन अमिताभ बच्चनले गरे बसको व्यवस्था



आप्रवासी मजदूरलाई गृह जिल्ला पुर्‍याउन अमिताभ बच्चनले गरे बसको व्यवस्था
PHOTO : INDIA TV

भारतीय अभिनेता अमिताभ बच्चनले लकडाउनका कारण विभिन्न शहरमा फसेका आप्रवासी मजदूरका लागि घर फर्कन बसको व्यवस्था गरिदिने भएका छन्।

बच्चनले मजदूरहरुका लागि १० वटा बसको व्यवस्था गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उक्त बसहरुले उत्तर प्रदेशमा रहेका आप्रवासी मजदूरलाई गृहराज्यमा पुर्‍याउने उल्लेख गरिएको छ।

अमिताभले लकडाउन सुरु भएयता राहत वितरण गर्दै आएका छन्। उनले हाजी अली दरगाहमा दैनिक ४ हजार ५ सय फुड प्याकेट वितरण गर्दै आएका छन्। उनले अन्य स्थानमा समेत फुड प्याकेट वितरण गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell