PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु



कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु
प्रतीकात्मक फोटो : pixabay.com

काठमाडौं : ललितपुरमा कोभिड १९ को संक्रमणबाट एकजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत् ५७ वर्षीय पुरुषको मृत्यु भएको ललितपुरका जनस्वास्थ्य प्रमुख डा खगेश्वर गेलालले जनाए।

उनलाई जेठ ११ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको थियो।  जेठ १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो।

ललतिपुर महानगर वडा २२ निवासी उनको बुधवार साँझ मृत्यु भएको थियो। मृत्यु भएपछि मात्रै उनको रिपोर्ट आएको गेलालले जनाए।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell