PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

हङकङ चीनको स्वायत्त क्षेत्र होइन : अमेरिकी विदेशमन्त्री



हङकङ चीनको स्वायत्त क्षेत्र होइन : अमेरिकी विदेशमन्त्री
फोटो : Getty Image

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हङकङ चीनको स्वायत्त क्षेत्र नभएको बताएका छन्।

बुधवार ट्वीट गर्दै पोम्पेओले हङकङका जनताको साथमा अमेरिका रहेको भन्दै कंग्रेसलाई हङकङ अबबाट चीनको स्वायत्त क्षेत्र नभएको जानकारी दिएको बताएका हुन्।

हङकङमा चीन विरोधी प्रदर्शन भइरहेको बेलामा अमेरिकी विदेशमन्त्रीको विवादास्पद टिप्पणी आएको हो। हाल हङकङको संसदमा चीनलाई बढी अधिकार दिने गरी दुई विधेयकहरु प्रस्तुत हुने चरणमा छन्। त्यसकैको विरोधमा चीन विरोधी प्रदर्शनकारीहरुले आन्दोलन गरिरहेका छन्।

'एक देश, दुई व्यवस्था' अन्तर्गत चीनले हङकङलाई आफ्नै स्वाधीन भूमि मान्दै आएको छ।

गत वर्ष पनि हङकङको संसदमा सुपुर्दगी विधेयकविरुद्ध आन्दोलन भएको थियो। त्यसक्रममा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुले महिनौंसम्म हङकङमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले चीनबाट स्वतन्त्रता माग गर्दै अमेरिकालाई हस्तक्षेप गर्न माग गर्दै आएका थिए। यता प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले 'एक राष्ट्र, दुई नीति' सिद्धान्तमाथि संकट उत्पन्न भए कडा कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ।

मंगलवारमात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell