PahiloPost

Nov 20, 2025 | ५ मंसिर २०८२

मृत्यु र संक्रमितको चाप एकाएक बढेपछि धनुषाको नाका बन्द



सुमित मिश्र

मृत्यु र संक्रमितको चाप एकाएक बढेपछि धनुषाको नाका बन्द

जनकपुरधाम : भोक र थकाइका कारण नाकामा एकजनाको मृत्यु भएको एकदिन नबित्दै धनुषाको नाकाबाट भारतसँगको आवतजावत् पूर्णरुपमा बन्द गरिएको छ।

भारतबाट नेपाल भित्रिने नागरिकको लागि खुल्ला गरिएका धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै अनिश्चितकालका लागि बन्द गरेको हो।

भारतबाट नेपाल भित्रिने धनुषाका नाकामा चाप एकाएक बढ्न थालेपछि क्वारेन्टाइनसहित अन्य व्यवस्थापनको तयारी पूरा गर्न नसकेपछि नाका बन्द गरिएको हो। प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टाइनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका संचालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। तर, कहिले सीमानाका खोलिनेबारे अहिले तय नभएको उनले बताए। सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका मलिवाडा(भिठ्ठामोड) र सिरहाको माडर नाकाबाट आउन सूचनामा जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell