PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भोकभोकै नेपाल आउँदा सीमामै वितेका युवकको कोरोना नेगेटिभ



सुमित मिश्र

भोकभोकै नेपाल आउँदा सीमामै वितेका युवकको कोरोना नेगेटिभ

जनकपुरधाम : गत बुधवार धनुषाको जटही नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक बीरेन्द्र यादवको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 'यादवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। अब उनको शव परिवारको जिम्मा लगाइने उनले बताए।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ९ मा घर भएका यादव गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो। यादवको मृत्यु भोक र थकाईकै कारणले भएको स्थानीय मानव अधिकारकर्मीहरूले दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell