PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

करिब एक लाख नेपाली क्वारेन्टाइनमा, अधिकांश कोरोना परीक्षणको पर्खाइमा



करिब एक लाख नेपाली क्वारेन्टाइनमा, अधिकांश कोरोना परीक्षणको पर्खाइमा

काठमाडौं  : स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ को कोरोना परीक्षण गरिएको छ। त्यस्तै १ लाख ५ हजार ४ सय ७८ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।

पछिल्लो केही दिन यता ३ हजारका दरले दैनिक देशका १९ प्रयोगशालबाट पीसीआर परीक्षण भइरहेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पीसीआरबाट परीक्षण गरिएको छ।

हालसम्म झण्डै एक लाख मानिसहरु क्वारेण्टाइनमा बसेको स्वास्थ्य तथा क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। क्वारेन्टाइनमा रहेका अधिकांशको कोरोना परीक्षणको पर्खाइमा रहेका छन्। 

सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको कोरोना भाइरस परीक्षण हुने बताएको छ। पछिल्ला केही दिनमा परीक्षणको दायरा बढेको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएको छ। आज १ सय ७० लाई संक्रमण देखिएसँगै संक्रमितिको संख्या १ हजार २ सय १२ पुगेको छ।

आइसोलेशनमा १ हजारजना रहेको बताइएको छ।

संक्रमितहरु मध्ये २ सय ६ जना संक्रमण मुक्त भइ डिस्चार्ज भइसकेका छन्। आजमात्रै विभिन्न अस्पतालबाट १९ जना डिस्चर्ज भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell