PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

महोत्तरीका जिसस अधिकारीसहित ४ सरकारी कर्मचारीमा कोराना, संक्रमण पुष्टि भएपछि सुटुक्क काठमाडौं



सुमित मिश्र

महोत्तरीका जिसस अधिकारीसहित ४ सरकारी कर्मचारीमा कोराना, संक्रमण पुष्टि भएपछि सुटुक्क काठमाडौं

जनकपुरधाम : जिल्ला समन्वय समिति महोत्तरीका अधिकारीसहित ४ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार महोत्तरीमा संक्रमण देखिएका १७ जनामध्ये जिल्ला समन्वय समितिको अधिकारीमा समेत कोरोना पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए।

त्यस्तै, कार्यालयका एक जना चालक र एक जना खरिदारमा कोरोना पुष्टि भएको हो। जिसस महोत्तरीका अधिकारी र उनका चालकलाई काठमाडौंको बल्खुस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए।

जिसस अधिकारीले रिपोर्ट पोजेटिभ आएको खबर पाएलगत्तै गाडी लिई चालकसँगै कसैलाई नभनी काठमाडौं गएका थिए। त्यसकारण उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न समस्या भएको प्रजिअ खत्रीले बताए।

त्यस्तै, संक्रमण पुष्टि भएका जिससमा कार्यरत १ जना खरिदारलाई जलेश्वरस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

यसैगरी, प्रदेश नम्बर २ मा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको आपूर्ति महाशाखाका कार्यरत १ जना महिला कर्मचारीमा समेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell