PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सप्तरीमा ९ जना र सिरहामा ११ जना संक्रमित थपिए, सबैजना भारतबाट आएका थिए



सुमित मिश्र

सप्तरीमा ९ जना र सिरहामा ११ जना संक्रमित थपिए, सबैजना भारतबाट आएका थिए

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।

शनिवारमात्रै  सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  एक महिलासहित ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सबै संक्रमित भारतको विभिन्न स्थानबाट आएको यादवले जानकारी दिए।

संक्रमित बढेसँगै सप्तरीमा आइसोलेशन बेडको अभाव भएको छ। अहिले २४ संक्रमित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजबिराजमा उपचाररत छन्। बाँकी संक्रमित आइसोलेशन अभावले विभिन्न क्वारेन्टाइनमै बस्न बाध्य छन्। आज थपिएका संक्रमितसँगै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।

यस्तै सिरहामा पनि शनिवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

लहान नगरपालिकामा रहेको जेएस मुरारका क्वारेन्टाइनमा रहेका ३ जना, पडरिया स्थित क्वारेन्टाइनमा ५ जना, धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताए।

संक्रमित सबैभारतबाट आएका युवक रहेको प्रजिअ गुरागाँइले जानकारी दिए। आज थपिएको संक्रमितसँगै सिरहमा कूल २५ जनामा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell