PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ड्युटीमा खटिएका प्रहरी प्रभाग लुभुका सईको मृत्यु



ड्युटीमा खटिएका प्रहरी प्रभाग लुभुका सईको मृत्यु

काठमाडौः महानगरीय प्रहरी प्रभाग लुभुका नायव निरीक्षक (सई)को मृत्यु भएको छ।

शनिवार बिहान उपचारको क्रममा सई टेकबहादुर माझीको ललितपुरको अल्का अस्पतालमा मृत्यु भएको हो। शुक्रवार ४ बजे अचानक बेहोस भएर ढलेपछि उनलाई पाटन अस्पताल लगिएको थियो।

पाटन अस्पतालले ब्रेनमा रगत जमेकाले अप्रेसन गर्नु भनेपछि अल्का अस्पताल पुर्‍याएर अप्रेसन गरिएको थियो।

'अप्रेसन राम्रो भयो भन्ने चिकित्सकले जानकारी दिए। तर, बिहान एक्कासी मृत्यु भएको खबर सुन्नु पर्‍यो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

रामेछाप घर भएका ४४ वर्षीय माझी २०५४ सालमा प्रहरी जवानबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell