PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ का थप ५७ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ५४७



सुमित मिश्र

प्रदेश २ का थप ५७ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ५४७

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दैनिक मिडिया ब्रिफिङका क्रममा प्रदेश भर पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको बताइएको छ।

प्रदेश २ को  सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा १७, रौतहटमा ६, बारामा १ र पर्सामा २ जना गरी प्रदेश भरमा ५७ नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमरेले बताए।

शनिवार थपिएकासंगै प्रदेश २ मा संक्रमितको संख्या ५४७ पुगेको छ भने ९८ जना उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell