
जनकपुरधाम : प्रदेश २ मा शनिवारसम्म कुल पाँच सय ५४ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को आठवटै जिल्ला र भारतीय ३ जना गरी प्रदेशभर कुल पाँच सय ५४ जनामा कोराना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रवक्ता एवं वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले बताए।
प्रदेश २ को सप्तरीमा ४३, सिरहामा २५, धनुषमाा ४९, महोत्तरीमा २७, सर्लाहीमा ६२, रौतहटमा १८८, बारामा ५८, पर्सामा ९९ जना नेपाली र ३ भारतीय गरी कुल ५५४ जनामा कोराना संक्रमण पुष्टि भएको झाले जानकारी दिए। प्रदेश २ का ५५४ जना संक्रमितमध्ये ९८ जना उपचारपश्चात निको भएर घर गइ सकेका छन्।