PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकी प्रदेशमा थपिए ३ संक्रमित, तनहुँमा पहिलो संक्रमण



गण्डकी प्रदेशमा थपिए ३ संक्रमित, तनहुँमा पहिलो संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार थप ३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना पुरुषमा छन्। यस्तै, तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

यससँगै गण्डकी प्रदेशको ६ जिल्लामा संक्रमण देखिएको छ।  बाग्लुङमा ८ जना,स्याङजामा ७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ जना, म्याग्दी, तनहुँ र लमजुङमा एकएकजनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ३ जना भने निको भई घर फर्किसकेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell