PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफ्नै पार्टीको सरकारमाथि नारायणकाजीको प्रश्न,'सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?'



आफ्नै पार्टीको सरकारमाथि नारायणकाजीको प्रश्न,'सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेटमा जनस्वास्थ्यलाई प्राथमिक्ता नदिइएको भन्दै विरोध गरेका छन्।

सरकारले संसदमा प्रस्तुत गरेको २०७७/७८ को बजेटमाथि भइरहेको छलफलमा भाग लिदै राष्ट्रियसभाका सांसद श्रेष्ठले बजेटको आलोचना गरेका हुन्।

'स्वास्थ्य क्षत्रको कुरा गर्दा एक शब्द पनि जनस्वास्थ्यको विषय उल्लेख छैन्। पब्लिक हेल्थको नीतिबारे केही छैन्।,उनले भने।

उनले कोरोना महामारीका बेला संसारभर विकासमा पुन: विचारगर्ने बहस भइरहेका बेला बजेटमा त्यसको संकेत समेत नभएको बताए।

महामारीबीच सांसद विकास कोष खारेज नगरेको भन्दे श्रेष्ठले सरकारको साहस नपुगको टिप्पणी गरे।

'सांसद विकास खारेज गर्नुपर्थ्यो, अर्थमन्त्री र प्रधानमन्त्री पनि यसको विपक्षमा हुनुहुन्थ्यो तर खारेज गर्ने साहस पुगेन,'उनले भने।

नेपालमा 'गेम चेन्जिङ' बजेट चाहिने भएपनि अर्थमन्त्री युवराज खतिवडा त्यसमा चुकेको उनको आरोप छ।

'बजेट त आएको छ तर हरेक संकट अवसर बन्छन् भनिन्छ। त्यसमा ध्यान दिइएको छैन्। गेम चेनजिङ भिजन चाहिन्थ्यो। त्यसमा अलि कमी भयो,' उनले भने

श्रेष्ठले सरकरी विद्यालयको शैक्षिक गुणस्तरको जिम्मा निजि विद्यालयलाई दिने विषय बजेटमा उल्लेख भएको भन्दै त्यसको विरोध गरे।

'शिक्षा मन्त्रीलाई पनि सोध उहाँलाई पनि थाहा छैन्। कसैलाई पनि थाहा छैन्। तर यो किन आयो?,'उनको प्रश्न छ।

आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिनु, स्यानिटरी प्याड निशुल्क गरिनु बजेटका राम्रा पक्ष भएको उनको भनाई छ।

आलोचनाबीच श्रेष्ठले बजेटको आकार यथार्थपरक भएको तर्क गर्दै ७ प्रतिशत आर्थीक वृद्धि सम्भव भएको तथा कृषि उत्पादनमा वृद्धी हुन सम्भवना देखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell