PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ६०० नाघ्यो संक्रमितको संख्या



सुमित मिश्र

प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ६०० नाघ्यो संक्रमितको संख्या

जनकपुरधाम :  प्रदेश २ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतवार विहान प्रदेशको सामाजिक विकास मन्त्रालयले धनुषामा २१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको पुष्टि गरेको हो।

नयाँ पुष्टि भएका संक्रमित मध्ये रौतहटका २९ जना,  धनुषाका २१ जना, सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको छ।

रौतहटका संक्रमति मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ हुन्।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये  मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशाला क्वारेन्टाइनका ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका हुन्।

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ६०९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell