PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संघ र प्रदेशको कोरोना तथ्यांक नै फरक



सुमित मिश्र

संघ र प्रदेशको कोरोना तथ्यांक नै फरक

जनकपुरधाम :  प्रदेश २ सरकार र संघीय सरकारको कोराना तथ्यांक फरक फरक देखिएको छ। आइतवार प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमार्फत प्रदेश भरमा कोरोना संक्रमितहरुको संख्या छ सय १३ रहेको जानकारी गराउँदा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेश २ मा कुल छ सय २४ जनामा संक्रमण रहेको देखाइएको छ।

‘प्रदेश र केन्द्रले फरकफरक तथ्यांक निकाल्दा हामी कस्को तथ्यांकलाइ विश्वास गर्ने भन्दै अलमलमा परेको छु,' प्रदेश सरकार र संघीय सरकारको फरक तथ्यांक हेरी अलमलमा परेका सुसील कर्ण भन्छन्, 'यस्तो फरक तथ्यांक सार्बजनिक हुँदा आम जनतामा भ्रम सिर्जना हुन सक्छ त्यसैले अब हत्तार नगरी केन्द्र र प्रदेश दुबैले समन्वय गरीमात्र तथ्यांक सार्वजनिक होस।’

यता प्रदेश २ को स्वास्थ्य निर्देसनालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झा फरक तथ्यांक सार्वजनिक हुँदा आफू स्वयं आश्चर्य चकित रहेको बताउँछन्। झाले भने ‘यहाँबाट सामाजिक विकास मन्त्रालयले पठाएकै तथ्यांकअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभरको संक्रमितको संख्या सार्वजनिक गर्छ। तर, आज कसरी फरक भयो भन्दै म आफै अलमलमा परेको छु।’

यता प्रदेश २ को समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले फरक नहुनुपर्ने बताउँदै फरक परे छिट्टै सही तथ्यांक सर्वजनिक हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell