PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, जुम्लाका दुई प्रहरी अधिकारी पनि



कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, जुम्लाका दुई प्रहरी अधिकारी पनि

काठमाडौं : कर्णाली प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १६६ पुगेको छ।

यसअघि आज दिउँसोसम्म कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा संक्रमितको संख्या १२३ रहेको पुष्टि गरेको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखका २४ र जुम्लाका १९ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ पुष्टि भएकामध्ये २ जना जुम्लामा कार्यरत प्रहरी अधिकारीसमेत छन्। जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत ३४ र २७ वर्षका दुई जनामा प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा जुम्लाको हिमा १ का दुई जना, हिमा ५ का ४ जना, ६ र ७ का एक जना रहेका छन्। त्यस्तै सिंजा ३ का १ ४ का तीन, ५ का दुई, र ६ का तीन जनामा पनि संक्रमण पुष्टि भएको हो।

त्यस्तै दैलेखको नारायण ५ का ८ जना नारायण २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै दैलेखकै दुल्लुका सात जनामा पनि संक्रमण पुष्टि भएको हो।

त्यस्तै सिमाडाका दुई जना सोतका एक जना सडुका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै जुकेपानी एक जना २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राती १०:१५ मा जारी गरेको रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell