PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कमला पूजन गरी चेतना यात्रा आरम्भ



सुमित मिश्र

कमला पूजन गरी चेतना यात्रा आरम्भ

जनकपुरधाम : कमला नदीको अस्तित्वसहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियन्ताहरुले सोमवार कमला पूजन गरेका छन्। गंगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजा गरिएको हो।

प्रत्येक वर्ष जेष्ठ शुक्ल दशमी तिथिका दिन गंगा दशहरा मनाउँदै आएकोमा यसपाली कमला पूजन गरी धनुषाको रामघाटबाट नदी चेतना यात्रको आरम्भसमेत गरिएको छ। अभियानका संयोजक विक्रम यादवसहित कमला बचाउ अभियानी एवम् शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव) लगायतका अभियानीहरुले कमला पूजन गरी चेतना यात्रालाई आरम्भ गरेका हुन्।

“पानी रे पानी” मूल नारासहित प्रारम्भ गरिएको नदी चेतना यात्रा आउँदो सेप्टेम्बर महिनासम्म चल्ने अभियन्ता एवम् वरिष्ठ पत्रकार पंकज मालवेयले जानकारी दिए।

गँगा दशहरा (आज) देखि प्रारम्भ भएको यी पवित्र यात्रा अन्तरार्ष्ट्रिय नदी दिवससम्म कमला नदीको उद्गमस्थल नेपालको सिन्धुली जिल्लको महाभारत चुरे जंगलदेखि भारत बिहार कमला कोशी संगमसम्म चल्ने जनाइएको छ। भारतको गेल इन्डिया लिमिटेड (भारत सरकारको संस्थान) को प्रायोजितमा जुन १ देखि सेम्टेम्बरसम्म यात्रालाई निरन्तरता दिइने बचाउ अभियानी एवम् शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव) ले जानकारी दिए।

कमला बचाउ अभियान अर्थात कमला जलाधार संरक्षण अभियानको आयोजनामा गरिएको कमला पूजनमा कमला अभियानीहरु राजकिशोर सल्हैता, रोशन यादव, वीरेन्द्र यादव, श्यामकुमार सिंह, रामनाथ यादव, राम शरण, रोशन यादवलगायत दर्जन बढी अभियानीहरुले सहभागिता जनाएका थिए। कमला पूजनको क्रममा पनि समाजिक दुरी कायम गरी पूजन गरिएको वीरेन्द्र यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell