PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छिमेकी राष्ट्रसँगको विवादमा भारतीय गृहमन्त्री : कसैको सीमा मिचेका छैनौं, हाम्रो सीमाको सम्मान नगर्नेलाई सबक सिकाउन पछि हटेका छैनौं



छिमेकी राष्ट्रसँगको विवादमा भारतीय गृहमन्त्री : कसैको सीमा मिचेका छैनौं, हाम्रो सीमाको सम्मान नगर्नेलाई सबक सिकाउन पछि हटेका छैनौं
फोटो : dnaindia.com

काठमाडौं : भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन्।

भारतीय टेलिभिजन न्युज १८ मा अन्तर्वार्ताका क्रममा नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले कसैको सीमा उल्लंघन नगरेको बताएका हुन्।

नेपाल, चीन र पाकिस्तान हाल भारतको विरोधमा रहेको विषयलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा शाहले भने, ‘अहिले सबैजना कोरोनाको संकटमा छ। मैले पहिला पनि भनिसकें हाम्रो सीमा सुरक्षाका लागि यो सरकार दृढ रहेको छ। जहाँसम्म फल्स फ्ल्यागको कुरा छ हामीले कसैको सीमा उल्लंघन गरेका छैनौं। तर कसैले हाम्रो सीमा र सेनाको सम्मान गर्दैन भने उसलाई पाठ सिकाउन पछि हटेका छैनौं। चाहे सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइक होस्। यो हाम्रो रेकर्ड विश्वमाझ स्थापित भइसकेको छ। यो हाम्रो रक्षा नीति पनि हो।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि फल्स फ्ल्याग अपरेसन गर्ने तयारी गरिरहेको आरोप लगाएका थिए।

यस्तै भारत र चीनबीच पनि सीमामा समस्या उत्पन्न भइरहेको छ। भारत र चीनले कुटनितिक माध्यमबाट समस्या हल गर्ने भएता पनि सीमामा दुवै देशले सेनाको उपस्थिति बढाउँदै लगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell