PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फ्लोइड हत्याले खेलकुदमा पनि उठायो रंगभेदको बहस



फ्लोइड हत्याले खेलकुदमा पनि उठायो रंगभेदको बहस

अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडलाई श्वेत पुलिस अधिकारीले घुँडाले किचेर मारेपछि अवस्था तनावग्रस्त छ। अर्कोतर्फ कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै जुधिरहेको मुलुक पनि अमेरिका नै हो। यस्तोमा आक्रोशित प्रदर्शनकारीको सडकमा छन्। उनीहरुको प्रदर्शन थप हिंसात्मक बाटोमा अघि बढिरहेको छ।

यससँगै रंगभेदको चर्चा र विरोध खेलकुद क्षेत्रमा पनि शुरु भएको छ। सोमवार जर्मन बुन्डेस लिगामा पार्डबोर्नमाथि जित निकालेसँगै डर्टमन्डका केही खेलाडीहरुले फ्लोइडको न्याय मिल्नुपर्ने भन्दै टिसर्टमा लेखेर प्रदर्शन गरेका थिए।

त्यस्तै इङ्लिस क्लब लिभरपुलका खेलाडीले पनि फ्लोइडको हत्याविरुद्द ऐक्यवद्धता जनाएका छन्। सोमवार एनफिल्ड स्टेडियममा सेन्टरमा घुँडा टेकेर गोलो घेरा हाल्दै फ्लोयडको हत्या विरुद्ध ऐक्यवद्धता जनाएका हुन्। खेलाडीहरुले उक्त तस्बिर शेयर गर्दै 'ब्लाक लाइभ्स म्याटर्स', 'युनिटी इज स्ट्रेन्थ' लगायतका क्यापसनहरु दिएका छन्। उक्त तस्बिर ट्रेनिङका क्रममा २९ जना खेलाडीहरुको लिइएको थियो।

त्यस्तै क्रिकेटका चर्चित वेस्‍टइन्डिजका खेलाडी क्रिसगेलले आफू पनि त्यस्तो विभेदको सिकार हुने गरेको बताउँदै क्रिकेटमा समेत विभेद हुने गरेको आरोप लगाएका छन्। सोमवार इन्स्टाग्राममा एउटा पोस्ट शेयर गर्दै 'गेम अफ जेन्टलमेन' भनिने क्रिकेट पनि रंगभेदबाट अछुतो नरहेको दाबी गरेका छन्।

'अश्वेतहरुको जीवन पनि अरुको जीवन जस्तै महत्व राख्छ। मैले पूरा विश्व घुमेको छु र नश्लभेदी कुराहरु पनि धेरै सुनेको छु। किनभने म एक अश्वेत हो,' गेलले इन्स्टाग्रामको स्टोरीमा लेखेका छन्, 'विश्वास मान्नुहोस। नश्लभेद फुटबलमा मात्र होइन क्रिकेटमा पनि छ। यहाँसम्म कि टिमको भित्र पनि एक अश्वेत हुनुको अनुभव मसँग छ।

म्यानचेस्टर युनाइटेडका खेलाडी मार्कस रासफोर्ड र पाउल पोग्बाले पनि फ्लोइडको बारेमा आवाज उठाएका छन्। उनले अश्वेतहरुको जीवन, संस्कृति, समुदाय र समग्र अश्वेत जातिहरुले 'म्याटर' गर्ने बताएका छन्।

 उनले फ्लोइडमाथि न्यायको मागसमेत गरेका छन्।

त्यस्तै फ्रेन्च फुटबलर पोग्बाले पनि आक्रोश, दया, घृणा, रिस, दुखाइ र दुखको अनुभव गरिरहेको बताएका छन्।

मेरो दुख फ्लोइडलगायत हरेक दिन रंगभेद भोग्दै आएका सबै अश्वेतका लागि हो। चाहे त्यो फुटबलमा होस या काम, स्कुल या जहीँकही,' उनले लेखेका छन्, 'यो रोकिनु पर्छ। भोलि या अर्को दिन होइन। आजै। रंगको आधारमा हिंसा सह्य छैन। म सहन सक्दिन। म सहन्न। हामी सहँदैनौं।'

पोग्बाले रंगभेद सहन नसकिने उल्लेख गर्दै लेखेका छन: रंगभेद वेवास्ता हो। प्रेम बुद्दिमत्ता हो।

त्यस्तै अमेरिकी फुटबल लिग (एनएफएल) ले पनि अफिसियल ट्वीटरमा अमेरिकामा भएको घटनाले दुखिद बनाएको भन्दै जर्ज फ्लोयडलाई श्रद्दान्जली दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell