PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश नम्बर २ को प्रदेश सभाका ५ सुरक्षाकर्मीमा कोरोना पुष्टि, बैठक अनिश्चित समयसम्मको लागि स्थगित



सुमित मिश्र

प्रदेश नम्बर २ को प्रदेश सभाका ५ सुरक्षाकर्मीमा कोरोना पुष्टि, बैठक अनिश्चित समयसम्मको लागि स्थगित
फाइल फोटो।

जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना सुरक्षाकर्मी एवं मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएपछि प्रदेश सभा बैठक स्थगित भएको छ। बिहीवार प्रदेश २ मा थपिएका १०२ जनामध्ये ५ जना प्रदेश सभाका मर्यादापालक हुन्।

पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ।

दोस्रो बैठक कार्यसूची अनुसार बिहीवार ३ बजे आह्वान गरिएको थियो। तर, मर्यादापालकको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

चौँथो अधिवेशन आह्वान गर्नुअघि प्रदेश सभाका सभामुख, उपसभामुख, सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको छ। सांसद र कर्मचारीहरुको पीसीआर रिपोर्ट मंगलवारसम्म आएको थियो। उनीहरु सबैको रिपोर्ट निगेटिभ आएपछि बुधवार प्रदेश सभा बैठक शुरु भएको थियो। तर, बिहीवार आएको रिपोर्टमा पाँचजना सुरक्षाकर्मी र मर्यादापालकमा कोरोना देखिएपछि निर्धारित बैठक स्थगित भएको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell