PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, एकै दिन थपिए १०८ संक्रमित



प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, एकै दिन थपिए १०८ संक्रमित

काठमाडौं : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीले संक्रमणका कारण मृत्यु भएकाहरुका परिवारलाई राहतस्वरुप जनही एक लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए।

आजैमात्र पाल्पामा गत २० गते मृत्यु भएका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृत्यु भएका चार जनामध्ये तीन जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

एकै दिन १०८ जनामा संक्रमण पुष्टि

यसैबीच बिहीवारमात्र प्रदेश ५ मा १०८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी बाँकेका रहेका छन्। बाँकेमा आजमात्र ४२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै कपिलवस्तुमा २९, रुपन्देहीमा १९ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका उनको २० गते नै मृत्यु भइसकेको थियो। त्यस्तै नवलपरासी पश्चिममा आज २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै दाङमा आज १५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएका ९१९ मध्ये ७४४ जना विभिन्न अस्पतालका आइसोलेसन कक्ष तथा आइसोलेसन सेन्टरमा उपचाररत छन्। त्यस्तै ८५ जना डिस्चार्ज भएका छन्। बाँकि संक्रमित अझै पनि क्वारेन्टाइनमै रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell