PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

स्रोत नखुलेको २२ लाख ४८ हजार नगदसहित एक जना सशस्त्र प्रहरीको फन्दामा



सुमित मिश्र

स्रोत नखुलेको २२ लाख ४८ हजार नगदसहित एक जना सशस्त्र प्रहरीको फन्दामा

जनकपुरधाम : सशस्त्र प्रहरीले स्रोत नखुलेको २२ लाख ४८ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको बाहुदरमाई नगरपालिका ५ भौराटार निवासी २० वर्षीय प्रकाश शाहलाई स्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट हजार, पाँच सय, सय र पचासका नोट प्रहरीलाई बरामद भएको छ। पर्साको पश्चिमी दक्षिणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा पैसा लिएर आउँदै गरेको अवस्थामा ती युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिए।

सशस्त्र प्रहरीका निरीक्षक हरी पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले शाहलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक पराजुलीका अनुसार विशेष सूचनाको आधारमा बिहान साढे ९ बजेको समयमा चेक गर्दा मोटरसाइकलको ट्याङ्कीमा बनाइएको फल्स बटमभित्रबाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो।

बरामद भएको रकमसहित शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पराजुलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell