PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

लकडाउन पालनाको नाममा व्यापारीमाथि लाठी बर्साउने प्रहरीलाई कारबाही



सुमित मिश्र

लकडाउन पालनाको नाममा व्यापारीमाथि लाठी बर्साउने प्रहरीलाई कारबाही

जनकपुरधाम : लकडाउन उल्लघंन गरेको भन्दै जनकपुरका प्रहरीहरूले सर्वसाधारण र व्यापारीमाथि लाठी बर्साएका छन्।

जनकपुर मन्दिर र जनकपुर चोक असपासका क्षेत्रमा लकडाउन पालना गराउने नाममा प्रहरीले व्यापारीमाथि लाठी बर्साएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले साना पसलका व्यापारीमाथि लाठी बर्साएका थिए। ‘जनकपुरको अन्य ठाउँमा पनि ठूलो भिड लागेको छ तर उता प्रहरीको केही पनि ध्यान छैन,’ एक प्रत्यक्षदर्शीले भने। ती व्यापारीहरूमाथि प्रहरीहरूले सक्दो बल प्रयोग गरेको भिडियोमा देखिन्छ।

नेपाल पुलिसले राम्रो काम न गरेपनि नराम्रो काम मज्जा ले गर्छ !! यहि थियो निर्लजताले मधेसी माथी गोलि चलाउने अनि यहि हो एक...

Posted by Nihal Raj Singh on Thursday, June 4, 2020

प्रहरीले पक्राउ गरेका व्यक्तिलाई आफ्नो भ्यानसम्म पुर्याउन जर्बरजस्ती लाठी प्रहार गरेका थिए।

दुइ जना प्रहरीलाई कारबाही

जनकपरधाममा व्यापारीहरुसँग दुर्व्यव्यहार गर्ने दुईजना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।

लकडाउन पालन गराउन बजारमा पुगेका प्रहरीले बिहीवार जनकपुरधामको जानकी मन्दिर नजिक स्थानीय व्यापारी श्याम चौधरी र उनका बुवा झगरु चौधरीलाई जथाभाव कुटपिट गरेका थिए।

कुटपिट गर्ने दुईजना प्रहरी प्रदेश कार्यालय जनकपुरमा तानिएको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

लकडाउन पालन गराउने क्रममा व्यपारी कुटपिट गर्नु दुखद रहेको भन्दै कुटपिट प्रकरणमा अनुसन्धानबाट प्रहरीकै त्रुटि देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादवलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी प्रमुख डिआईजी सिंहले बताए।

सिंहले भने, ‘आज जानकी मन्दिर नजिक स्थानिय व्यापारीसँग जुन व्यवहार भयो त्यसमा प्रहरीकै त्रुटि देखिएपछि दुई जनालाई कारवाहीको लागि प्रदेशमा तानिएको छ र प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा छानविन समिती गठन गरिएको छ। ’

यसअघि बुधवारमात्र सर्लाहीमा कार्यरत प्रहरीले तस्करलाई सघाएको प्रमाणित भएपछि एकजना असईसहित चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell